बलिउड चलचित्र ‘एनिमल’मा काम गर्दै विपिन


एक म्युजिक भिडियोको दृश्यमा विपिन कार्की


काठमाडौं, पुस २८ । नेपालका लोकप्रिय अभिनेता विपिन कार्कीले बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्र ‘एनिमल’मा शीर्ष भूमिकामा लागि उनी छनौट भएका हुन् । चलचित्रमा आफ्नो अभिनयको कुरा पक्का भएको विपिनले बताएका छन् ।

विपिनको चलचित्र ‘सेल्फी किङ्ग’हेरेर प्रभावित भएपछि निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि प्रस्ताव गरेको हो । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिणिती चोपडा लगायतको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.