‘हेल्लो जिन्दगी’ को फरक शैलीको प्रचार प्रसार



काठमाडौं। आगामी चैत्र ११ अर्थात मार्च २५ मा प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ ले अहिले प्रचार प्रसारलाई तीव्र पारेको छ । केही दिनअघि फर्स्टलुक पोस्टर सार्वजनीक गरेको एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्रले शनिबार राजधानीको लाजिम्पाटस्थित मनास्लु होटलमा आयोजीत सिद्धार्थ बनस्थली स्कुलको २०४७ ब्याचका बिद्यार्थीको ‘स्टुडेन्ड रि युनीयन’ कार्यक्रममा मायाको चिनो तथा बिभिन्न उपहार प्रदान गरेको छ ।

अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफू सँगै पढेका स्कुले साथीहरुको पुनर्मिलन समारोहमा आफ्नो फिल्मका तर्फबाट उपहार तथा मायाको चिनो उपलब्ध गराएका हुन् । युकेमा बस्ने भएकाले कार्यक्रममा अभिनेता बिक्रम भने उपस्थित हुन सकेनन् । तर उनले आफ्ना साथीहरुलाई सम्झीएर पठाएको उपहार ‘हेलो जिन्दगी’ का मुख्य सहायक निर्देशक सुदीप कुँवरले प्रदान गरेका थिए । कार्यक्रममा अभिनेता बिक्रमका साथीहरुले फिल्मको अत्याधीक सफलताको कामना गर्दै आफूहरु ‘हेल्लो जिन्दगी’ हेर्न आतुर रहेको बताएका थिए । अमेरिकामा रहेकाले कार्यक्रममा फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरा पनि उपस्थित हुन पाएनन् । सँगै पढेका साथीहरुसँग ‘हेल्लो जिन्दगी’ का तर्फबाट भए पनि जोडिन पाएकोमा अभिनेता जोशीले खुशी ब्यक्त गरे ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेत,सबिता गुरुङ,जानकी पन्त,धु्रव दत्त,कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ । युके र नेपालमा खिचिएको फिल्म महंगो लगानीमा निर्माण भएको छ ।

चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् भने सृजना जोशी महर्जन कार्यकारी निर्मात्री र सबिता गुरुङ सहनिर्मात्री छिन् । फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन भने पटकथामा अभिमन्यु निरवीले सघाएका छन् । डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत र निर्देशक बोहराकै शब्द रचना छ । फिल्मको पहिलो गीत छिट्टै नै सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.