सन् २०१३ को मिस वर्ल्ड बिकिनीबिहीन


miss-world_bikini
सन् २०१३ को मिस वर्ल्ड फाइनल राउन्डका प्रतिस्पर्धी बिकिनीबिना नै प्रस्तुत हुने भएका छन् ।
प्रत्येक वर्ष सेप्टेम्बरमा हुने मिस वर्ल्ड यसपटक मुस्लिम राष्ट्र इन्डोनेसियामा हुँदैछ । मुस्लिम राष्ट्रका लागि बिकिनी राउन्ड संस्कृतिविरोधी हुने सोचेर यस्तो निर्णयमा पुगिएको आयोजकले जनाएको छ ।

समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै मिस वर्ल्ड अध्यक्ष जुलिया मोरलीले कार्यक्रममा कुनै पनि प्रतिस्पर्धीले बिकिनी नलागउने जानकारी दिइन् ।
‘हामी कसैले बेइज्यती महसुस भएको परिस्थिति हेर्न चाहदैनौं,’ जुलियाले बाध्यता खुलाइन्, ‘हामी हरेक देशको संवेदनशीलताको सम्मान गर्छौं, जो यस प्रतियोगितामा भाग लिन्छन् ।’प्रतियोगितामा विश्वका १ सय ३७ राष्ट्रले भाग लिन्छन् । मिस वर्लडको बीच सेक्सनमा बिकिनी पारम्पारिक पहिरन मानिन्छ ।
आयोजकको पछिल्लो निर्णयले इस्लामी कट्टरपन्थी संगठनले गरेको विरोध मत्थर हुने अपेक्षा गरिएको छ । हिजबुतर-तहरीर संगठनले महिलाको शरीर बेच्ने यसखारे प्रतियोगिताको कडा विरोध गरेको थियो ।

सन् २००२ मा नाइजेरियामा हुने तय भएको मिस वर्ल्डमा केही मुस्लिम संगठनले विरोध गरेपछि लन्डनमा सारिएको थियो । त्यसबेलाको विरोधमा एक सय जनाको ज्यान गएको थियो भने पाँच सय घाइते भएका थिए ।सन् २०१३ को मिस वर्ल्डमा इशानी श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।