अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ ले देखायो नेपाली फिल्म बनाउने इच्छा



काठमाडौँ। बलिउड फिल्म ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ । ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।

‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने- ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उनले आफूले नेपाली फिल्म ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे ।

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ सिइओ सोनीले भने ।

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह-प्रायोजकको रुपमा जोडिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.