बलिउड गायिका असीस कौर नेपालमा



काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । ‘विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ’ खानले भने, ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.