म्युजिक भिडियो निर्देशनमा पल, ‘तिमिलाई हेर्ने बानी पर्यो’ सार्वजनिक



काठमाडौं, पुस २१ । अभिनेता पल शाहले म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् । उनी निर्देशित ‘तिमिलाई हेर्ने बानी पर्यो’बोलको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको छ ।

पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा अभिनेता पल र अभिनेत्री केकी अधिकारीको अभिनय छ । रोशनी राज्यलक्ष्मी शाहको कोरियोग्राफी रहेको भिडियोमा पल र केकीका अलावा मनोज पौडेल, कृष्ण जोशी, कौशल दाहाल लगायतको पनि अभिनय छ ।

अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको सिनेम्याटोग्राफी रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यस प्रेमगीतमा अभिनेत्री र फ्यानबीचको कथा देखाईएको छ । पल शाह अफिसियल युट्युबमा भिडियो सार्वजनिक गरिएको हो । यो गीत यसअघि टिकटकमा रुचाईएको थियो ।