‘म’ मा नरेनको इन्ट्री’संगै छायाँकन सुरु



काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको फिल्म ‘म’ मा अभिनेता नरेन खड्काको ‘इन्ट्री’ भएको छ । केही साताअघि मुर्हत गरिएको फिल्ममा नरेन सोमबार अनुबन्धित भएका हुन् । चलचित्रको छायाँकन सोमबार बाट नै सुरु गरिएको छ।

हालै कर्णाली भेकको कथामा बुनीएको ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका नरेन एकपछि अर्काे फिल्ममा ब्यस्त छन् । सुवर्ण थापाको निर्देशन रहेको ‘म’मा नरेनका साथमा निराजन प्रधान,सविन श्रेष्ठ,निशा अधिकारी,सरोज खनाल,सरिता लामीछाने,रुविना थापा,प्रमोद अग्रहरि लगायतको अभिनय छ । प्रकाश पुरीको लेखन रहेको फिल्मको निर्मातामा बिमला गुरागाइँ छिन् । फिल्मले सामाजीक कथा भन्ने जानकारी निर्देशक थापाले दिएका छन् । यही फिल्मबाट केही बर्षको ज्ञाप पछि अभिनेत्री द्धय सरिता लामीछाने र निशा अधिकारीको ठूलो पर्दामा कमब्याक भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.