राजेशपायलमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे



काठमाडौं,पुस १९। गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पाले सस्कृती अनुसार रक्सी र खादा दिएर माफी मागेका हुन् ।
शनिबार न्यूयोर्कमा आयोजित नयाँवर्षको सांगीतिक कार्यक्रममा गीत गाइरहेका क्रममा दावाले स्टेजमै चढी राईमाथि अभद्र व्यवहार गरेका थिए ।

जुन घटनाको भिडियो भाइरल भएसँगै अमेरिकासँगै नेपालमा रहेका कलाकारहरुले भत्र्सना गरेका थिए । दुर्व्यवहार गर्ने शेर्पाको हर्कतको सर्वत्र आयोचना भएको थियो ।

राजेशपायलसँग शर्पाले माफी मागेको तस्वीर तथा भिडियो पनि सार्बजनिक भएको छ । शर्पाले रमाईलोको क्रममा आफूले मदिरा पिएको र आवेगमा आएर सो कार्य हुन गएको बताउँदै हात जोडेर माफी मागेका हुन् । उनले राजेशपायलको फ्यान तथा विभिन्न संघसंस्थासँग पनि माफि मागेका छन् ।

राजेशपायलले आफूहरु मिलिसकेको बताउँदै भने ‘उहाँले माफी मागिसक्नुभएको छ । र मेरो तर्फबाट उहाँलाई माफी छ । अब ऊप्रान्त उहाँलाई गाली गलोज नगर्न आग्रह गर्दछु ।’ गायक राई अमेरिकाका केही कार्यक्रम सकाएर केहीदिनमा स्वदेश फर्कँदैछन् ।