र्‍यापर लाउरे ब्राउन सुगर प्रयोगकर्ता मात्र



काठमाडौँ। ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पोखरा घर भएका लाउरे लागु औषधको ‘युजर’ मात्रै भएको थाहा भएको छ । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागु औषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.