गाउँले युवालाई सहरिया बन्ने रहर,‘चिसो एस्ट्रे’ टिजर (भिडियो)



काठमाडौँ। सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्यपात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावाकसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चैत ४ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्शपाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउनपुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यहीदर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । दिन्शले यसअघि ‘बालकृष्ण सम ः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्ममहोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशकाफिल्ममहोत्सवमा छनोट भईविभिन्न अवार्ड जित्न सफलभएको थियो ।

निर्देशक दिन्शले कविभूपी शेरचनले धेरै अघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र फिल्मउनको सोही विम्बबाट प्रभावितभएको पनिबताएका छन् । ‘त्यसैले फिल्मपनि सकभर पोइटिक हिसाबले नै बनाउनखोजेका छौँ,’ उनले भने । उनले फिल्मले पाश्चात्यचलचित्रले युवामापार्ने प्रभावलाई पनिकथ्यमा समेटेको बताएका छन् ।

फिल्ममा दिव्य देव, नवीनलम्साल, निकुनश्रेष्ठ, सुशील राज पाण्डे, रवीनतामाङर सृष्टि श्रेष्ठ आदिकलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकलसिनेमाको संयुक्तब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।फिल्मको सह निर्मातामाभने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिकानिर्वाह गरेका छन् । फिल्ममा संगीत भने अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेलीप्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।