ऋषिराजको ‘चुरीफुरी’ अब अस्ट्रेलियामा



काठमाडौँ। आगामी शुक्रबार अर्थात ९ पुसदेखि देशभर प्रदर्शनमा आउने चलचित्र हो ‘चुरीफुरी’ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको छ । चलचित्रको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए । अस्ट्रेलिया बिक्रीसँगै चलचित्रको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्देशक आचार्यको भनाई रहेको छ ।

रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनयचलचित्रमा छ ।

दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन् ।चलचित्र निर्देशक आचार्यले नै लेखेका हुन् ।