नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनलमा



काठमाडाैँ । नम्रता श्रेष्ठ मिस वर्ल्डकाे सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन्। अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन्। यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीले यो विधा जित्दै आएका छन्।

हेड टु हेड विधामा इन्डोनेसियाकी प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता सेमिफाइनलमा पुगेकी हुन्। हेड टु हेड च्यालेन्जमा यो वर्ष सहभागी प्रतिस्पर्धाीहरुलाई २ मिनेटमा आफ्नो ब्युटी विथ अ पर्पोज प्रोजेक्टको बारेमा बोल्न दिइएको थियो।

ब्युटी विथ अ पर्पोज प्रोजेक्टमा मिस नेपाल नम्रताले धादिङको विकट समुदाय छिरिङगेको प्रोफाईल देखाउनेछिन्। जसमा त्यहाँको समुदायको भाषा, संस्कृति, रहनसहन, परम्पराको बारेमा जानकारी गराउनेछिन्। मिस वर्ल्डको फाइनल १६ डिसेम्बरमा अमेरिकाको पिएर्टो रिकोमा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.