उपासना फेरी बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर



काठमाडौँ। एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन । अभिनेत्री ठकुरीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियो भने यो पटक सिंहलाई पुनः नियुक्त गरेको हो ।

काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच संस्थाका कम्प्लाइन्स म्यानेजर नबराज प्रसाईले युवा पुस्ता माझ उपासनाको क्रेज र बिद्यार्थीहरू माझ सस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रबाहका कारणले नै उनलाई पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा सस्थाका ब्यबस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे ।

अभिनेत्री उपासना सिंहले आफूलाई बिश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन -‘ सस्थाले म माथि गरेको बिश्वासलाई म डगमगाउंन दिन्न -‘ उनले बिभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने बिध्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन ।

यसैबीच संस्थाले बिद्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४.चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।