(सेलिब्रेटी नेपाल) २० जेठ-कैलो त कि मकैको जुंगा हुन्छ कि पश्चिमा युवतीहरूको कपाल। भर्खरै ब्वाय फ्रेन्ड सँग सम्बन्धविच्छेद गरेकी सुष्मा कार्कीले पनि कपाल कैलो बनाइछन्। गए साल चलचित्र बिन्दास बाट नाम र दाम कमाएकी कार्कीले फेरी त्यही शीर्षकमा ‘टू’ थपिएर बन्न लागेको चलचित्र खेल्ने भइछन्। बिन्दासकै निर्माता मधुकुमार श्रेष्ठले बिन्दासकै निर्देशक राजु गिरीलाई लिएर बनाउन लागेकोचलचित्र बिन्दास टूमा सुष्माले कैलो कपाल हल्लाउँदै हिरो जीवन लुईंटेलसँग रोमान्स गर्नेछिन्। अपेक्षा गरौँ, सिक्वेलमा सुषमाको नयाँ रूपले दर्शक पक्कै नचाउला। हाल बिन्दास टु को धमाधम सुटिंग चलिरहेको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गतेसम्मको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यो अवधि सबैभन्दा बढी कमाइ गर्न सफल फिल्म ‘बलिदान’ भएको छ। ‘बलिदान’ ले एक सातामा ३ करोड ७५ लाख ५३...
काठमाडौं । दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा यसपटक चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत देखिँदैछन्। ‘कबड्डी’ श्रृंखलादेखि ‘जारी’सम्म साथसाथै यात्रा गरेका यी दुई कलाकार पुनः जोडी बाँधेर आएका हुन्। चलचित्रका पोस्टर, मोसन...
नेपालगञ्ज। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि चलचित्रको व्यवसायले सन्तोष जनक अवस्था पार गर्दैछ । यसैबीच, मंगलवार यो चलचित्रले...
काठमाडौँ। विराज भट्ट नेपाली फिल्म उद्योगका एक चर्चित एक्सन हिरो हुन् । सुदूरपश्चिम नेपालका स्थायी बासिन्दा उनले शुरुवाती दिनमा सहायक भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गरे । पछि उनले मुख्य भूमिकामा अभिनय गर्दै थुप्रै...
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...