‘लाखे’ का लागि अडिसन मार्फत छानिए १० कलाकार



काठमाडौं। चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । सिनेमाका निर्देशक सम्राट बस्नेत हुन् ।

‘सिनेमाको पात्र अनुसार अहिले अडिसन दिनेबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि चलचित्रको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’

चलचित्रका लागि अडिसन मार्फत पहिलो चरणमा सह नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढीले अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए ।

सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने सिनेमाका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । चलचित्रको छायांकन पौषबाट सुरु हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.