पौडेलको ‘बाबरी’ को छायाँकन सकियो



काठमाडौं। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को छायंकन सकिएको छ । ।चलचित्रको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउन पछि छायांकन सुरु भएको चलचित्रको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो ।

दोस्रो चरणको लकडाउन खुलेसँगै कार्तिकबाट छायांकन सुरु गरिएको थियो । काठमाडौंबाट सुरु भएको छायांकन सिक्किम पुगेर सकिएको छ । चलचित्रको मोरङ्ग, झापा र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो । चलचित्रको कथा स्वयंम निर्देशक पौडेलले नै लेखेका हुन् ।

बाबरी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा पुष्पलता अधिकारी बुढाथोकीको लगानी रहेको छ । सुष्मा गुरुङ सिनेमाकी सह-निर्माता हुन् । त्रिकोणात्मक प्रेमकथामा बनेको चलचित्रमा अदिती बुढाथोकी,धिरज मगर, धिरज टोट्लानीको मुख्य भुमिका छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.