एलिनाको ‘भुल्ने छैन’मा आमेश,अस्मि र मौसमी



काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘भुल्ने छैन’ बोलको गीतमा नृपेश उप्रेतीको शब्द रचना र संगीत बिकाश चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका छन्। भिडियोमा आमेश भण्डारी,मौसमी खनाल,अस्मि थापा,प्रेम साउद,प्रकाश क्षेत्रिको अभिनय रहेको छ।

आर.डि दुलालले छायाँकन गरेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका छन्। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।