चलचित्र ‘ईओजी’ (एरर्स अफ गड) को टिजर सार्बजनिक



काठमाडौँ। प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

चलचित्रमा बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । टिजर हेर्दा चलचित्र मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ । क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.