रुचाईँदै दयाहाङ र मिरुना अभिनित ‘तिमी तारे भीर’


एक वर्ष अगाडि फिमेल भर्सनमा स्रोता एवं दर्शकको मन जितेको ‘तिमी तारे भीर’बोलको गीतको मेल भर्सनले पनि स्रोता एवं दर्शकको मन जितेको छ । गत शनिबार रेवत राईको स्वरमा सार्वजनिक गीतको भिडियोलाई युट्युबमा झण्डै १७ लाख पटक हेरिसकिएको छ । यो गीत यस साता युट्युबमा सर्वाधिक हेरिने गीत पनि हो ।

कवि एवं गीतकार श्रवण मुकारुङको शब्द रहेको गीतमा शान्तिराई राईको संगीत छ । किरण चाम्लिङ राईको निर्देशनमा तयार मेल भर्सनको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनय छ । त्यस्तै बाल कलाकारको रुपमा नूमा राईको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । गीतको अडियो र भिडियो दुबै मन परेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.