चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘बन्ठे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको चलचित्र हो । कोरोना महामारीले गर्दा थुप्रै चलचित्र हरु अस्तव्यस्त नै भयो भने केही चलचित्र भने प्रदर्शन मिति तय भए लगत्तै रोकिएका थिए । यो चलचित्र पनि त्यही महामारीको सिकार बन्न पुग्यो । यो चलचित्र भित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ ।

चलचित्रमा कलाकारहरु अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे,बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय रहेको छ। चलचित्रमा बाल कलाकार उद्स्या सिवाकोटी, र सुमिना दाहालको पनि अभिनय रहेको छ । चलचित्रको निर्देशन भोमन कटुवालले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.