कमेडी चलचित्र ‘चुरीफुरी’ को कमेडी ट्रेलर सार्वजनिक



काठमाडौं। चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ ।

पुष ९ गते प्रदर्शन हुने चलचित्रको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् ।

चलचित्रमा भीमफेदी गाइजको कोरियोग्राफी रहेको छ । दीपक शर्माको संगीत रहेको चलचित्रमा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय छ । डिसिएनले बितरण गर्ने चलचित्र कमेडी बेसमा बनेको निर्देशक आचार्यले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.