मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शनको तयारीमा



काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को रोकिएको छायाँकन सुरु गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धमा छायाँकन गरिएको चलचित्रको करिब ८० प्रतिशत छायाँकन सकिएको छ । बाँकि छायाँकन मङ्सिर महिना भित्र सकेर चलचित्रको टिम चलचित्रको च्यारिटी शोमा लाग्ने छ। चलचित्र माघ १ गते पुष्पाञ्जली चलचित्र मन्दिरमा जडिबुटीमा बिसेष प्रदर्शनको तयारी गरिएको निर्देशक प्रकाश कुमार दर्लामीले जानकारी दिए।

विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले सलि भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र बनेको निर्देशक प्रकाशको भनाई रहेको छ।

चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ।

एक्सन फिल्मसको ब्यानरमा बनेको चलचित्रमा कथा, पटकथा र निर्देशन प्रकाश कुमार दर्लामी, निर्माता टेक बहादुर अस्तानी, सह-निर्माता सुनिता आले र टीका मगर, कार्यकारी निर्माता मेक आले, छायांकन सुजन श्रेष्ठ, मेकअप सन्ध्या पुन र सम्पादन युबराज खत्रीले गरेका छन् ।