‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शन हुने



काठमाडौँ। आसुसेन फिल्म्सको चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ बाट प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् । कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन रोकिएको थियो।

महंगो बजेटमा निर्माण भएको प्रतिक्षित चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ । यो चलचित्रबाट मनिष राउत र क्रिष्टिना गुरुङले डेब्यु गर्दै छन् । छेतेन गुरुङ सन्तोष सेन मिलेर निर्देशन गरेको चलचित्रलाई छेतेन गुरुङले लेखेका हुन् । उनको केही समयअघि मात्र निधन भएको थियो । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले रुचाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.