दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ औपचारिक घोषणा



काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।

यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहनेछिन् । आरजे म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आगामी माघबाट ‘घुइँचो’को छायांकन गर्ने निर्माण कम्पनीले जनाएको छ ।

म्युजिक भिडियोहरुमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । निर्देशक लामाले चलचित्र सुःख-दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.