अब आशा नेपथ्यमा


wilson-nepathya
(सेलिब्रेटी नेपाल) १८ जेठ-वर्ष ७० लागे पछि मात्रै २० वटा नेपाली चलचित्र प्रदर्शनमा आए। बैशाख महिनामा ११ चलचित्र रिलिज भएका थिए भने जेठको तेस्रो साता सम्म ९ वटा चलचित्र प्रदर्शनमा आइ सकेका छन्। यो बर्ष लागे पछि प्रदर्शनमा आयका कुनै पनि चलचित्रले उलेख्य व्यापार गर्न सकेका छैनन्। जेठ २४ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेपथ्य’ले राम्रो व्यापार गर्छ भन्ने आशा सम्पूर्ण चलचित्र प्रेमी हरुको छ। गत बर्ष सफल भयको चलचित्र ‘सायद’ र ‘रिदम’ बाट निकै चर्चा कमाएका विल्सन बिक्रम राईको यो बर्ष रिलिज हुन लागेको ‘नेपथ्य’पहिलो चलचित्र हो। विल्सनको कारण तथा अनुभबि र मुलधारका चलचित्र निर्देशक रामराजा दाहालले फरक धारमा निर्माण तथा निर्देशन गरेका कारण नेपथ्य लाई धेरैले सम्भावना बोकेको चलचित्रको रुपमा हेरेका छन्।

नेपथ्य’ सपना देख्नेहरूको कथा हो। सपना पूरा गर्न मानिसले गर्ने संघर्षको कथालाई नै ‘नेपथ्य’ले चलचित्रको दृश्यमा बुनेको छ। ड्रिम वर्क फिल्मको ब्यानरमा राजाराम दाहालले निर्देशन गरेको यो चलचित्र विशेष गरी युवा पुस्तामा लक्षित छ। कमेडी, पारिवारिक एवं सामाजिक कथा बोकेको यो चलचित्रमा विल्सनविक्रम राई, रेम विक, आदित्य बुढाथोकी, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, शिशिर भट्ट, शुष्मा कार्की आदिको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.