पल शाह नयाँ चलचित्रमा अनुबन्धित


काठमाडौँ। कोभिड १९ को महामारि र लक डाउनको कारण सुस्ताएको नेपाली चलचित्र उद्योग अब चलायमान बन्न थालेको छ। प्रदर्शन रोकिएका चलचित्रहरुले प्रदर्शन मिति तोकेर प्रचार प्रसार गर्न थालेका छन् भने केहि निर्माताहरु नयाँ चलचित्र निर्माणमा लागेका छन्। लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय करण सिंहको निर्माणमा बन्न लागेको चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन्। आर.के.एस.इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभ स्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ।

चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राबिधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ। माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ। चलचित्रको नाम केहि दिनमा औपचारिक रुपमा सार्वजनिक गरिनेछ।


फोटो-सुयोगमान श्रेष्ठ (म्याड्रिक्स)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.