डोल्पाको लहरा गाउँमा सुरक्षाको ‘बुलाकी’



काठमाडौँ। चलचित्र ‘बुलाकी’ को अहिले डोल्पा जिल्लाको त्रिपुरा नगरपालिका सु गाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको छ । चलचित्र छायांकनका लागि निर्माण युनिट तिहार अगाडि त्यहाँ पुगेको हो । चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् ।

चलचित्रको हाल सम्म ३५ प्रतिशत छायांकन सकिएको निर्देशक सुनारले बताए । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, नव अभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

कर्णाली भेगको मौलिक कथा समेटिएर निर्माण थालिएको चलचित्रमा शिव ढकालको छायाँकन, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतको समेत अभिनय चलचित्रमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.