‘कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार’ बाट गायिका शाह पुरस्कृत



काठमाडौं। लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका, गीतकार तथा संगीतकार चन्द्रकला शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । संगीतकर्मी शाहलाई ‘कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८’ बाट पुरस्कृत गरिएको हो । गायिकाको रुपमा स्थापित शाहलाई नगद ५१ हजार रुपैयाँ राशि तथा सम्मान पत्रसहित सम्मानित गरिएको हो ।

२००६ सालमा दाङमा जन्मिनु भएकी गायिका शाहले लोक गीत–संगीतको क्षेत्रमा लामो समय बिताउनु भएको छ । समारोहमा सांगीतिक क्षेत्रमा साढे दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक कन्हैया सिंह परियारले केही अघि अमेरिकामा आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा उपहारको रुपमा प्राप्त गरेको रकम गायिका शाहलाई पुरस्कारको रुपमा अर्पण गरेको बताए ।

गायन र संगीतको माध्यमबाट आफ्नो सांगीतिक जीवनको रजत वर्ष पुरा गर्दै आजसम्मको अविरल यात्रामा अघि बढिरहेका गायक तथा संगीतकार कन्हैया सिंहले आफ्नो श्रद्धेय बुवा–आमाकाको स्मृति एवं सम्मानमा स्थापित टिकागोपाल डिजिटल एम।क्रिएसन म्युजिक कम्पनि मार्फत गायिका शाहलाई पुरस्कृत गरेका हुन् ।

गायिका शाहलाई पुरस्कारसंगै अर्पण गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । नेपाली संगीतको क्षेत्रमा संस्थागत रुपमा अगाडि बढ्ने उदेशय अनुरुप विभिन्न कार्य आएको तथा हाल अग्रज नेपाली संगीतकर्मीहरुलाई पुरस्कृत गर्ने सोच अनुसार गायक तथा संगीतकार कन्हैया सिंह परियारको नाममा सथपति पुरस्कार यो वर्ष नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा क्रियाशिल विशिष्ट गायिका चन्द्रकला शाहलाई अर्पण गरिएको छ ।’

बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पुरस्कृत गायिका शाहले रेडियो नेपालमा झण्डै तीन दशक सेवा गरे पनि अन्त्यमा खालि हात फर्किनु परेको दुखेसो व्यक्त गर्दै पुरस्कारका लागि सम्झना गरेकोमा आयोजकलाई धन्यवाद अर्पण गरिन् ।

समारोहमा संगीतकार शम्भूजीत बासकोटाले रेडियो नेपालका जीवन अर्पण गर्ने संगीतकर्मीलाई त्यही रेडियोमात्र होइन राज्यले समेत नहेरेकोमा दुःख व्यक्त गरे ।

समारोहमा संविधानविद् तथा संगीतकर्मी भिमार्जुन आचार्य, संगीतकार सन्तोष श्रेष्ठ, गायक कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधव राज खरेल सहितका वक्ताले पुरस्कृत गायिका शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रम पिम नेपालको ब्यवस्थापनमा टिकागोपाल डिजिटल एम। क्रिएशन म्युजिक कम्पनिका निर्देशक गीता सिंहको सभापतित्वमा सम्पन्न भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.