चिना हराएको मान्छे एक महिनामा ३० हजार प्रति बिक्री


china haribansha
(सेलिब्रेटी नेपाल) १७ जेठ-हरिबंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ। सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस्रो संस्करणका रुपमा छिट्टै बजारमा ल्याउन लागिएको छ।पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरु धेरै विषयलाई समावेश गरिएको छ।

कलाकार आचार्यले सो पुस्तकबाट पाठकको राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यसको बिक्रीबाट प्राप्त रकममध्ये रु पाँच लाख धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको बताए ।