पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा



काठमाडौं। लभ स्टाेरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शन मिति तोकेको छ । यो चलचित्र आगामी माघ १९ बाट प्रदर्शन हुनेछ ।

यस अगाडि २०७६ फागुन ३० गते रिलिज हुने भनिएको सिनेमा कोरोनाको कारण रिलिज हुन सकेको थिएन । यो चलचित्र प्रदर्शन हुने भएपछि चलचित्र क्षेत्र चलायमान हुने चलचित्रकर्मीहरुको आशा छ ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भुमिका छ । चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकाय लगायतका कलाकारको अभिनय छ ।

जन्मजय सपाङ राई सह-निर्माता रहेको चलचित्रमा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।