विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न



काठमाडौँ । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्दै गत विहिबार काठमाडौंमा विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न भएको छ । अधिराज्य मिडिया नेटवर्क प्रालिको आयोजनामा सम्पन्न अवार्ड समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँगै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का,कलाकार धिरेन शाक्य, आकाश अधिकारीलगायत कलाकारले अवार्डको ट्रफीसँगै प्रमाणपत्र वितरण गरेका थिए ।

समारोहमा आधुनिकतर्फ उत्कृष्ट संगीतकारमा यस्तो माया बोलको गीतबाट दीपक शर्मा, यस्तै उत्कृष्ट गायिका आधुनिकतर्फबाट पर्दैन पर्दैन बोलको गीतबाट बेनिशा पौडेल, उत्कृष्ट गायकमा यस्तो माया बोलको गीतबाटै प्रताप दास, उत्कृष्ट महिला मोडलमा आँटो पिठो बोलको गीतबाट एलिजा गौतम, पुरुष मोडलमा काँचुली गीतबाट कमल सिंहले अवार्ड जित्न सफल भए । यस्तै, उत्कृष्ट भिडियो नवनिर्देशक विधाबाट एक्लै हुँदा परदेश गीतबाट शाहिल खान, उत्कृष्ट भिडियो सम्पादकबाट जेल पनि सहुँला गीतबाट विष्णु खड्का, उत्कृष्ट गेटअप तथा फेसन डिजाइनरबाट अमृता कँडेल खकुरेलले अवार्ड प्राप्त गरे ।

उत्कृष्ट छायांकारमा त्यो तिम्रो चोखो प्रेमकोबाट पुरुषोत्तम प्रधान, उत्कृष्ट गायक पपतर्फको अवार्ड पानी कुवाको गीतबाट अलिफ खान, उत्कृष्ट गायिकामा सालघारीबाट रानी शाक्यले , उत्कृष्ट संगीतकार पपतर्फ सिरानीलाई गीतबाट ओमप्रकाश राई, उत्कृष्ट निर्देशकमा ए काली भागौं यसपाली गीतबाट दीपक आचार्य ‘काकु’ले अवार्ड उचाले । उत्कृष्ट गायक लोकगीततर्फको अवार्ड नवीन पौडेलले हात पार्दा, गायिकामा लक्ष्मी आचार्यले , भिडियो निर्देशन आधुनिकतर्फ भने विज्ञान राईले अवार्ड उचाले ।

फिल्म तर्फ उत्कृष्ट निर्देशकतर्फ संजोगबाट वेदप्रसाद भुर्तेल, उत्कृष्ट पाश्र्व संगीतमा मत पर्छु कि क्याहोबाट राजेन्द्र बजगाई, उत्कृष्ट द्वन्द्व निर्देशकमा ब्याड ब्वायबाट राजुजंग थापा, उत्कृष्ट अभिनेतामा मन्दिराबाट नरेन खड्का, उत्कृष्ट अभिनेत्रीमा लक्ष्मी रानीबाट शुभेक्षा थापा, उत्कृष्ट प्रोडक्सन म्यानेजरमा शंकर बस्नेत, उत्कृष्ट सम्पादकमा आमाबाट दीर्घ खड्का, उत्कृष्ट खलपात्रमा धन्दागिरीबाट दिनेश खड्का, उत्कृष्ट सहअभिनेतामा लक्ष्मी रानीबाट धिरेन शाक्य, उत्कृष्ट नृत्य निर्देशकमा कमल राईले अवार्ड हात पारे ।

अन्य विधाका अवार्डतर्फ जुरी अवार्डमा महिला मोडल उमा गिरी र जानकी कुँवर, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का र पुरुषोत्तम पराजुली, मेकअपमा नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायकमा सुरज पौडेल र निर्देशकमा कुमार आचार्यले अवार्ड हात पारे । पपुलर च्वाइस अवार्डमा मिलन नेवार, गीता शाह, भिष्मराज फुलारले अवार्ड हात पारेका छन् ।

यस्तै राष्ट्रिय व्यक्तित्व कलाकार सम्मानमा वरिष्ठ कलाकार सरोज खनाल र वरिष्ठ गायिकामा मञ्जु थापा सम्मानित भए । यस्तै राष्ट्रिय कलाकार सम्मानमा गीतकार डा. डिआर उपाध्याय, खलपात्र तुल्सीप्रसाद श्रेष्ठ, नायक पोष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सिङ मनोज परियार, फिल्म सम्पादकमा नहकुल खड्का सम्मानित भए । यस्तै युवा उद्यमीमा नवराज श्रेष्ठ र कार्यक्रम व्यवस्थापक सम्मानतर्फ उत्तमप्रसाद अधिकारीलाई पनि सम्मान गरियो ।

अवार्ड समारोहमा ‘पत्रकार सम्मान २०७८’ बाट रङ्ग पत्रकारहरू डब्बु क्षेत्री, कुवेर गिरी, विष्णु सुवेदी, निमेश गौतम र गोपिकृष्ण चापागाईंलाई सम्मान गरिएको थियो । यस्तै समारोहमा सर्वाेत्कृष्ट चलचित्र पुरस्कार २०७७ बाट चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई सम्मान गरिएको थियो । अवार्डको जुरीमा जीवन पराजुली, निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायांकार रविचन्द्र कोइराला र पत्रकार सरोज ओझा रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.