म्याड्रिक्समा कमल र मेलिनाले नचाए



काठमाडौँ। कोभिड १९ ले गर्दा मेला महोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु बन्द भए। लामो समय कलाकारहरुले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन पाएनन्। अब बिस्तारै कन्सर्ट तथा अन्य सांगीतिक गतिबिधि सुरु हुन थालेका छन्। गायक कमल खत्री र गायीका मेलिना मैनालीले सानो ठिमी दिब्यस्वरी प्लानिङ्गमा रहेको म्यड्रिक्समा सांगीतिक प्रस्तुति दिएका छन्। बुधवारबाट शुभारम्भ भएको रेस्टुरेन्ट म्याड्रिक्समा कमल र मेलिनाको सांगीतिक प्रस्तुतिले त्यहाँ उपस्थित पाहुनाहरुले भरपुर मनोरंजन लिएका थिए।

पारिवारिक बाताबरणमा स्वच्छ खानाको परिकार संगै सांगीतिक प्रस्तुतिको मजा लिन पाइने उक्त स्थानमा सुभारम्भाको दिन उलेख्य पाहुनाहरुको उपस्थिति रहेको थियो। यस्तै सांगीतिक माहोल सँधै भई रहने संचालकले जानकारी दिए। आज शुक्रबार सांझ गायक डिज राज पौडेलले आफ्ना चर्चित गीतहरु मार्फत पाहुनाहरुलाई मनोरंजन दिने भएका छन्। यसरि सांगीतिक माहोलमा स्वच्छ र मिठो परिकारको आनद्न लिन पाउँदा खुसी हुने संचालकहरुको बुझाई रहेको छ। सानो ठिमी दिब्यस्वरी प्लानिङ्गमा शान्त बातावारण रहेको रेस्टुरेन्टले नियमित सांगीतिक कार्यक्रमहरु गर्दै जाने र नेपालका चर्चित कलाकारहरुलाई पालै पालो उपस्थित गराउने अनि उपस्थित पाहुनाहरुलाई मनोरंजनका साथ मिठो परिकारको मज्जा दिनेछ। फोटो- सुयोग मान श्रेष्ठ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.