प्रदेश २ मा चलचित्र निर्माण प्रशिक्षण कार्यशाला हुने



काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम हुने भएको छ। सात दिन सम्म चल्ने उक्त कार्यक्रममा सर्लाही,रौतहट,बारा र पर्सा जिल्लाको गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी गराइने आयोजकले जानकारी दिएको छ। चलचित्र विकास वोर्डको आयोजनमा हुन लागेको कार्यक्रमको संयोजन निर्देशक समाजले गर्दै गरेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए। मङ्सिर १ गते देखि ७ गते सम्म संचालन हुने कार्यक्रमले नेपाली चलचित्रमा भबिस्य बनाउने खोज्ने हरुलाई बिसेष लाभ पुग्ने आयोजकले बिस्वाश लिएको छ। यस कार्यक्रमको परिकल्पनाकार निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.