अमेरिकामा निर्माण गरिएको ‘ओभर डोज’ मङ्सिर १७ मा



काठमाडौं। चलचित्र ‘ओभर डोज’ को फष्टलूक पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रका दुई पोष्टर फष्टलूकको रुपमा सार्वजनिक गरेको हो । चलचित्रको प्रदर्शन मिति १७ मंसिरलाई फिक्स गरिएको छ ।

अमेरिकामा सम्पूर्ण छायांकन भएको चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् ।

प्रनिशराज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन् ।

चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् ।

नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्रलाई जिजि ग्रूप उपत्यका र एफ।डि कम्पनीले उपत्यका बाहिर बितरण गर्न लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.