अमेरिकामा छायाँकन गरेको भिडियो ‘दृष्टि’ सार्वजनिक



काठमाडौँ। पछिल्लो समय बिदेशी भूमिमा पनि नेपाली गीत संगीतको चर्चा हुने गरेको छ। अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका मुक्ति उप्रेती र कृष्ण घिमिरेले ‘दृष्टि’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन्। मुक्ति उप्रेतीको शब्द जी आर उप्रेतीको स्वर रहेको उक्त गीतको संगीत, एरेन्ज पनि जी आर उप्रेतीकै रहेको छ।

युबराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई मुक्ति उप्रेतीले छायांकन गरेका हुन्। निर्देशक खत्रीले नेपालमा रहेर पनि अमेरिकामा अहिलेको सोसल मिडियालाई भरपुर प्रयोग गरेर निर्देशन गर्न सफल भएका छन् । भिडियोमा कृष्ण घिमिरे र राधिका भण्डारी फिचर्ड छन् ।