‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन सम्पन्न



काठमाडौँ। ‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास’ को चौथो महाधिवेशन इनास परिकल्पनाकार पुष्प बरुवाललाई सर्वसम्मतले ग्लोबल अध्यक्षमा पुनः निर्वाचित गर्दै काठमाडौंमा सम्पन्न भएको छ। इनास नेपाल संयोजक दयाराम पाण्डेले बरुवालको नेतृत्वको नयाँ कार्यसमिति र नवनिर्वाचित सम्पूर्ण महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सह-संयोजक र पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

सोही अवसरमा नेपाली चलचित्रलाई आजको स्थानसम्म ल्याईपुर्याउन आ-आफ्नो विधाबाट अतुलनीय योगदान दिने कलाकार शिव श्रेष्ठ, भुवन के. सी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई ‘इनास विशिष्ट कलाकारिता सम्मान’ द्वारा सम्मान गरिएको थियो।

त्यसैगरी इनासद्वारा आयोजित दोस्रो अनलाईन नृत्य एवम् गायन प्रतियोगिताका दुवै विधाका विजयीहरूलाई नगद क्रमशः रू १ लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरिएको थियो, त्यस्तै उत्कृष्ट काम गर्ने इनासका विभिन्न समितिलाई समेत पुरस्कृत गरिएको थियो।

नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रबर्द्दनका साथै नेपाली चलचित्रको विश्वव्यापी बजार बिस्तारमा कृयाशील इनासले भुकम्प जाँदाको र कोभिडको समयमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियो समेत प्रस्तुत गरिएको थियो, जसको त्यहाँ सहभागी सम्पूर्णले मुक्त कण्ठले प्रशंसा गरेका थिए। इनासकर्मीलाई स्तुपा सामुदायिक अस्पताल जोरपाटीमा उपचार गर्दा र राईजिङ मलमा सपिङ गर्दा २५% छुटको दुईपक्षीय सम्झौता पनि गरिएको थियो।

चलचित्र विकास बोर्ड्का अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा कलाकार, पत्रकार, प्राविधिक, नेपाली चलचित्रसंग सम्बन्धित अध्यक्ष एवम् प्रतिनिधि देखि एनएरएन अध्यक्ष कुमार पन्तको सहभागिता थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.