‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’ को आयोजना हुने



काठमाडौँ। कोरोनाले सुस्ताएको नेपाली सांगीतिक तथा सिनेमा उद्योगमा अर्को एउटा अवार्ड समारोहका आयोजना हुने भएको छ। अन्य गतिबिधि कम बाहे पनि अवार्डका कार्यक्रमले सांगीतिक माहोल तातेको छ। कलाकार तथा संगीतकर्मीले यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा केहि भए पनि राहत महसुस गरेका छन्। अधिराज्य मिडिया नेटवर्क प्रालिले आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’मा कुल ४४ वटा विधामा अवार्ड वितरण गरिने संयोजक केवल भुजेलले जानकारी दिए। कार्तिक २५ गते राजधानीमा एक भब्य कार्यक्रमका बिच सम्पन्न हुने अवार्डको नोमिनेसन फर्म खुल्ला गरिएको आयोजकले बताएको छ।

संगीतका ३० विधा र फिल्मका १४ वटा विधा गरि कुल ४४ विधामा अवार्ड वितरण गर्न लागिएको हो। कार्यक्रममा एक जना पत्रकारलाई नगद राशि सहित सम्मान पनि गरिने आयोजकले बताएको छ। लामो समय देखि रंग पत्रकारितामा सक्रिय पत्रकार लक्ष्मण सुबेदीलाई पत्रकारिता पुरस्कार प्रदान गरिने संयोजक भुजेलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.