सविनको ‘धन्दागिरि’ र सलोन ‘डाँडाको वरपीपल’ प्रदर्शनमा



काठमाडौं। लामो समय देखि बन्द रहेको सिनेमा घर खुलेका छन्। दशैंको अवसर पारेर हलमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। एन बि अन्जानको निर्देशनमा बनेको चलचित्र ‘धन्दागिरि’ र निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ देशव्यापी प्रदर्शनमा आएका छन् ।

‘धन्दागिरी’ एनबी अन्जानले निर्देशन गरेको चलचित्र हो । चलचित्रमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय छ । दिनेश खड्का एसोसिएट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । डिएआर मुभिजले चलचित्र डिजिटल राइट्स खरिद गरेको छ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको चलचित्र ‘डाँडाको वरपीपल’ मा नवराज गिरीको लगानी रहेको छ । चलचित्रलाई उपत्यकामा वितरक गोपालकाजी कायस्थको बीके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ । वितरकका अनुसार देशका ५६ वटा पर्दामा फिल्म रिलिज हुँदैछ । चलचित्रले सोमबार राजधानीमा प्रिमियर शो राखिएको थियो ।

चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारको अभिनय छ । चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.