‘आर्ट अफ कफी एकेडेमी’ को उद्घाटन



काठमाडौं । कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याएकी छिन् । एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य सन्तु दराई ‘प्रभाना’ले संयुक्त रुपमा उद्घाटन गरे । दशैं, दिपावली, छठ र नेपाल सम्बतलगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदानसहित एकेडेमी शुभारम्भ गरिएको हो । सञ्चालिका प्रजलिकाले एकेडेमीमा कफी बनाउदा विभिन्न आकर्षक डिजाइन गर्ने खालका तालिम दिइने बताइन् ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, निर्देशक हाङ चेम्जोङ, कलाकार रामेश्वर बुर्लाकोटी, विशाल लिम्बु, संगीतकार मनी ताम्लिङ, द्वन्द्व कलाकार संघका महासचिव पुन्य ओझालगायतको उपस्थिति थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.