तिन चलचित्र भिड्दै,आफ्नो चलचित्र दामी छ जो भिडे पनि फरक पर्दैन


uma poster

(सेलिब्रेटी नेपाल) १० जेष्ठ-नेपाली चलचित्र बजारमा जसले जे गरे पनि जे गर्छु भने पनि एक साथ ३-४ चलचित्र हरु जुध्न छाड्ने होइनन्। सरोकारवाला संघ संस्थाका प्रतिनिधि हरु नेपाली चलचित्रको व्यापार अहिले घटेको छ मात्र भन्छन किन घट्यो र के गर्दा बढ्छ कहिले सोच्दैनन्। सधै जस्तै यो हप्ता पनि ३ चलचित्र भिड्दै छन्। निर्माता निर्देशकहरु आफ्नो चलचित्र दामी छ जो भिडे पनि फरक पर्दैन भन्ने गर्छन।
हो यही माया हो निर्माण भएको चार वर्षपछि प्रदर्शनमा आउन लागेको हो। बैदेशीक रोजगार ब्यावसाही सुवास गिरीले निर्माण गरेको यसचलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, जिया केसी, हिउवाला गौतम, श्याम राई, हिमाल केसीलगायत कलाकारले भुख्य भुमिका निर्बाह गरेका छन्। प्रेम कथालाई विषयवस्तु बनाइएको चलचित्रमा वसन्त श्रेष्ठको नृत्य, हिमाल केसीको द्वन्द्व तथा राजनकुमार श्रेष्ठको पटकथा संवाद छ भने संगीत सुरेश अधिकारीले दिएका छन्।
riya-all artist
चलचित्र ‘रिया’ सुजित कुमारले निर्माण गरेको चलचित्र हो। एकतर्फी प्रेम कथामा आधारित यसचलचित्रमा अस्मिता कँडेल, भुपेन्द्र खड्का, रामेश्वर बुर्लाकोटी, मनिष केसी लगायतको अभिनय छ। लक्ष्मण शेषको संगीत, प्रदिप खड्काको द्वन्द्व र अच्युत घिमिरेको नृत्य चलचित्रमा छ।

चलचित्र “उमा” द्वन्द्वकालका कथा समेटिएको चलचित्र हो। चलचित्रमा कथा तथा निर्माण् निर्देशक कै रहेको छ। सौगात मल्ल, दयाहाङग राई, ऋचा शर्मा, प्रविण खतिवडा, सिर्जना सुब्बा, मिथिला शर्मा, प्रकाश घिमिरे, अशोक शर्मा, तुलसी घिमिरे, प्रमोद अग्रहरी,पुष्कर गुरुङ, सुरेश चन्द, शान्ति गिरी, मञ्जु गिरी आदी कलाकारहरुले अभिनय चलचित्रमा छ। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्।

ho yahi maya ho poster

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.