क्लव उडल्याण्डको उद्घाटनमा सविन राईको लाइभ शो



काठमाडौं। लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार सासाँझदेखि पुन सन्चालनमा आउने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ। इन्टरनेशनल डिजेले डान्स फ्लोरमा मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुँवरले जानकारी दिए । वन्द पछिको नयाँ योजना र पुनर्निर्माण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका गरेको क्लबले जानकारी दिएको छ । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको क्लबका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.