मणि लोहनीको निर्वस्त्र मन


nirbastra man
(सेलिब्रेटी नेपाल) १० जेष्ठ-साहित्यकार मणि लोहनीको नयाँ कृति ‘निर्वस्त्र मन’ पाठकमाझ आएको छ।

‘निर्वस्त्र मन’मा मान्छेमान्छेबीचका सम्वन्ध र त्यसमा आउने विचलनमाथि उनले पछिल्लो समय लेखेका कथाहरु समेटिएका छन् ।

साझा प्रकाशनद्धारा प्रकाशित निर्वस्त्र मन मणि लोहनीको पाँचौ कृति हो । यसअघि उनका दुई कविता संग्रह र दुई कथा संग्रह प्रकाशित छन उक्त कथाकृतिमा २२ वटा नारी मनोविज्ञान, प्रेम र सम्वन्धमाथि केन्द्रीत कथा छन् ।

यसअघिको मणिको कथासंग्रह परास्त प्रेमबाट सुरु भएको प्रेम र सम्वन्ध फरक फरक कुरा हुन् भन्ने बहसले यस कृतिमा पनि निरन्तरता पाएको छ ।