दसैँमा हलमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’



काठमाडौं। लामो समयपछि सिनेमा हल चल्ने खुसीले दर्शक तथा चलचित्र कर्मीमा उत्साह थपिदिएको छ । यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै चलचित्र एकसाथ फुलपातीमा रिलिज हुने तरखरमा छ । दुबै चलचित्रको आ आफ्नै बिसेषता रहेका छन्।

‘डाँडाको वरपीपल’

शोभित बस्नेतले निर्देशन गरेकोचलचित्र हो ‘डाँडाको वरपीपल’ । एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ ।

काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायाँकन भएको चलचित्र गरिएको फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । बूढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नवराज गिरी हुन् ।

‘धन्दागिरी’
‘धन्दागिरी’ एनबी अन्जानले निर्देशन गरेको चलचित्र हो । चलचित्रमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय छ । दिनेश खड्का एसोसिएट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । डिएआर मुभिजले चलचित्र डिजिटल राइट्स खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.