‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न (फोटो फिचर)



काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि,उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल,कलाकार निर्देशक कृष्ण मल्ल,अभिनेत्री शर्मिला मल्ल,कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,पुर्व बोर्ड अध्यक्ष राज कुमार राई,निर्देशक मिलन चाम्स लगायत चलचित्र तथा संगीतकर्मिको बाक्लो उपस्थिति रहेको थियो। अवार्डको जुरी टिममा निर्देशक जनकदिप पराजुली,संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर रहेका थिए। अवार्ड ३५ वटा रेगुलर विधामा र जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार समेत वितरण गरियो। तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले कार्यक्रमको अध्यक्षता गरेका थिए । अवार्डको दोश्रो संस्करण आगामी बैशाखमा गरिने पनि आयोजकले घोषणा गरेको छ


तस्विर कुबेर डंगोल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.