निर्देशक गुरुङलाई मातृशोक



काठमाडौँ। चलचित्र कलाकार तथा निर्देशक खिलबहादुर गुरूङको आमाको निधन भएको छ। चलचित्र ‘टिस्टा पारीको साइनो’,’मन्त्र’ जस्ता चलचित्रका निर्देशक गुरुङको आमा आईती माया गुरुङको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए। केहि समय देखि स्वाश प्रश्वासमा समस्या आएर अस्पतालमा उपचाररत ६९ बर्षिय आइती मायाको गय राती नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।

निर्देशक खिलबहादुरको पछिल्लो चलचित्र ‘मन्त्र’ कोरोना महामारीका कारण प्रदर्शन रोकियर बसेको छ। सौगात मल्ल, दिया पुन,बुद्दि तामाङ अभिनित चलचित्र ‘मन्त्र’छिट्टै प्रदर्शन गरिने निर्माण टिमले बताएको छ। खिल बहादुर आफ्नो नयाँ ड्रिम प्रोजेक्टको तयारीमा लागेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.