‘लभ नम्बर २२’ फस्टलुक पोस्टरमा अमृत र रक्षाको रोमान्टिक अवतार



काठमाडौं । एसियन म्युजिकले निर्माण गरेको वेब-सिरिज ‘लभ नम्बर २२’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दशैं लगत्तै सिरिजलाई फोपी ओटीटी प्लेटफर्म र टेलिभिजनमा रिलिज गर्ने तयारी भएको कम्पनीका म्यानेजिङ डिरेक्टर इश्वर गुरुङले जनाए ।

अमृत ढुंगाना र रक्षा थापालाई फिचर्ड गरिएको पोस्टरमा तन्नेरीको मनोविज्ञानलाई दर्शाउने प्रयत्न गरिएको छ । रिलिज भएका दुई पोस्टरमा अमृत र रक्षा रोमान्टिक मुडमा देखिन्छन् । तन्नेरीको जीवनशैलीलाई प्रस्तुत गर्ने सिरिजमा उनीहरुको सम्बन्ध, चाहना र द्वन्द्वलाई प्रस्तुत गरिएको र प्लस टु पुस्ताले रुचाउन सक्ने प्रबन्ध निर्देशक गुरुङले बताए ।

सरिन पोखरेलको कथा र निर्देशन रहेको वेब–सिरिजको अहिले पोस्टप्रोडक्सन भैरहेको छ । इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिज २२ एपिसोडमा निर्माण हुने भएको छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङको सहनिर्माण छ । सिरिजमा अमृत र रक्षासहित अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडाको अभिनय छ ।

एसियन म्युजिकले तीनवर्ष अघि निर्माण गरेको २१ भागको सिरिज ‘ट्वान्टीफस्ट लभ’ लाई दर्शकले मन पराएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.