सलमान खानको विहे,अब भगवानले प्रार्थना सुने


salman khan cbn
सलमान खानको विहेको चर्चाले बलिउडमा बेलाबेलामा निकै खलबलि मच्चाउने गरेको छ। उनको फिल्म सँगसँगै उनको अफेयरले पनि निकै स्थान पाउने गरेको छ। ऐश्वर्यादेखि कट्रिनासम्म आइपुग्दा सलमानका अफेयरले बलिउडमा निकै तहल्का मच्चाएको छ। अहिले फेरि उनको विहेले चर्चा पाएको छ। उनका परिवारले सधैँ सलमानको घर बसाइ दिन भगवानसँग प्रार्थना गर्दै आएका छन्। अब भगवानले पनि प्रार्थना सुनेको जस्ता देखिन्छ। बलिउडको अहिलेको लेटेष्ट खबर भएको छ सलमानले दुबईकी ओलिया नामकी केटीसँग विहे गर्ने भएको बताइन्छ। सलमान र ओलियाको पहिलो पटक दिल्लीमा भेट भएको थियो। त्यसपछि यी दुईबीचको सम्बन्ध मौलाउँदै गएको स्रोतको भनाइ छ। त्यति मात्र होइन सलमानको घरमा समेत ओलिया निकै घुलमिल भइसकेकी बताइन्छ।

गत दस दिनदेखि सलमानकी लेडीलभ ओलिया मुम्बइको ताज ल्याण्डस् इण्डमा बस्दै आएकी छिन् भने आजकल सलमान उनलाई कम्पनी दिनमा व्यस्त छन्। सलमानको विहेको खबर कुनै नौलो कुरा होइन। बेलाबेलामा यो खबरले मिडिया तताउने गरेको छ भने समयसँगै सेलाउने पनि गरेको छ। तर यसपटक भने सलमान आफ्नी लेडीलभ ओलियालाई लिएर सिरियस भएको बताइन्छ। त्यसैले अर्को मार्च महिनासम्ममा उनीसँग घरजम गर्ने जमर्को कसेका बताइन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.