‘डाँडाको वरपीपल’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको छ। चलचित्र असोज २६ गते फुलपातीको दिन सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुनेछ। सार्वजनिक गीतमा खेमराज गुरूङ र रिमा गुरूङ हाडाकाे स्वर, उमंग लामा र केशव चाैलागाइकाे शब्द, उमंग लामाकाे संगीत र फणिन्द्र राइकाे एरेन्ज छ । गीतकाे भिडियाेमा सलाेन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गाैरी मल्ल, विनाेद न्याैपाने लगायत फिचर्ड छन् । भिडियाेमा रामजी लामिछानेको कोरियोग्राफी छ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएकाे फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेकाे चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन,मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.