बेगम र रियासाको ‘गाह्रो छ हो’ एपिवान एचडीमा



काठमाडौँ। युट्युबको लागि बनिरहेको सिरियल ‘गाह्रो छ हो’अब एपिवान एचडीमा प्रशारण हुने भएको छ। उक्त कलाकार रियासा दाहाल र भटभटे उपनामले चिनिने बेगम नेपालीले निर्माण गरिरहेका हुन्।

‘भटभटे एण्ड बिर्खे’ नामक च्यानलबाट प्रसारण भैरहेको यो चर्चित सिरियल अब देखि एपिवान एचडी टेलिभिजनमा पनि प्रसारण हुने भएको हो। हरेक सोमबार आठ बजे देखि साढे आठ सम्म एपिवानमा प्रसारण हुने ‘गाह्रो छ हो’ साढे आठ बजे भने उही ‘भटभटे एण्ड बिर्खे’ युट्युब च्यानलबाट नै सार्वजनिक हुने बताइएको छ।

मनराज श्रेष्ठको निर्देशनमा तयार हुने सिरियलको कथा रियासा र बेगमले लेख्ने गरेका छन्। दिलिप बिस्टले खिच्ने सिरियलको सम्पादन रबिन्द्र खड्काले गर्ने गरेका छन्। एपिसोड ६४ बाट यो सिरियल एपिवानमा प्रसारण हुन रागेको बेगमले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.