‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन निर्माताको आह्वान



काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत माघ १ गते बाट देशभर प्रदर्शनमा आएकोथियो । कोरोना भाइरसको कारण दश महिना देखि बन्द रहेका सिनेमा घरमा चलचित्र प्रदर्शनमा आएको थियो । त्यसको केहि समय पश्चात फेरी कोरोनाको दोश्रो लहरको कारण देशभर लक डाउन भयो र सिनेमा हाल फेरी बन्द भयो। त्यति बेला दश महिना देखि बन्द रहेको सिनेमा हल खुलाउनको लागि अभिनेता शिव श्रेष्ठले पहल गरेका थिए। यति बेला पुन सिनेमा घर खुलेका छन् तर कुनै पनि निर्माताले आफ्नो चलचित्र प्रदर्शन गर्ने आँट गरेका छैनन्। सिनेमा घर खोल्न सरकारले अनुमति दिए पनि हल संचालनमा आउन सकेको छैन। यो विषम परिस्थितिमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’टिमले आफ्नो चलचित्रलाई सिनेमा हलमा निशुल्क प्रदर्शन गर्न आह्वान गरेको छ। कुनै पनि सिनेमा घरले आफ्नो चलचित्र प्रदर्शन गरेर निर्मातालाई कुनै पनि रकम दिनु नपर्ने बताएको छ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल,ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह-निर्माताहरु हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.